भिभोको नयाँ मोवाइल फोन बिर्तामोडमा सार्वजनिक

मेचीखवर अनलाइन । बिर्तामोड
मोवाइलमा लोकप्रिय ब्राण्ड भिभोले नयाँ स्मार्ट फोन झापाको बिर्तामोड, दमक र ताप्लेजुङमा सार्वजनिक गरेको छ ।चीनको बीबीके ग्रुप अन्तर्गतको हङफू इन्टरनेशनलले उत्पादन गरेको भिभो वाइ १२ एस नामको मोवाइल सार्वजनिक कार्यक्रममा दकम, ताप्लेजुङ र बिर्तामोडका विक्रेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा केक काटेर मोवाइल सार्वजनिक गरिएको थियो ।

यो मोवाइलमा अन्य भन्दा धेरै फरक विशेषता रहेको कम्पनीको दावी गरेको छ । विशेषगरि यो मोवाइल युवा पुस्ताको रोजाइमा पर्ने बताइएको छ ।भिभो मोवाइलका लागि बिर्तामोडको आधिकारिक विबक्रेता फिल मल्ट्रीटेड कन्सर्न रहेको जनाइएको छ ।

मोवाइलमा १३ मेगापिक्चलको मुख्य र प्लस २ मेगापिक्चलको अर्को क्यामेरा रहेको छ । यस्तै साइड फिंगर प्रिन्ट, ६.५१ इन्चको एचडी प्लस डिस्प्ले, पाँच हजार एमएचजेडको ब्याट्री, उत्कृष्ट प्रोसेसर र अपरेटिङ सिस्टम, लो र सुपर पावर सेभिङ मोड, अल्ट्रा र मल्टीटर्बो गेम मोड, ३२ जीबी मेमोरी कार्ड यस मोवाइलका विशेषता भएको कम्पनीले जनाएको छ । हालका लागि दुई कलरमा उपलव्ध यो मोवाइलको बजार मूल्य १७ हजार ९सय ९९ रुपैयाँ रहेको छ ।

भ्यालेन्टाइनलाई मध्यनजर गर्दै मोवाइलले विशेष अफरसमेत ल्याएको छ । यो विशेष अफर फेबु्रअरी १४ देखि २८ सम्म लागू हुने कम्पनीका ट्रेनर सुजन श्रेष्ठले बताए । कम्पनीले वाई १२ एस मोबाइल फोनको मूल्य १७ हजार ९ सय ९९ कायम गरेको छ । तर फेब्रअरी १४ देखि २८ सम्म एक हजार रुपैयाँ तिरेर प्रिबुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९ सय ९९ रुपैयाँ मूल्यमा पाउने भएका छन् ।

मोवाइल किन्नेहरुमध्येबाट लक्की ड्रमार्फत तीन जनालाई वाइ १२ एस मोवाइल प्रदान गरिनेछ । यस्तै लक्की ड्रमार्फत १०० जनाले २५ सय रुपैयाँ फिर्ता पाउनेछन् भने पाँचसय जनाले स्क्रीन परिवर्तन गर्न पाउनेछन् । मोवाइलको स्क्रीन टुटफुट भएमा मात्रै परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।

फेब्रअरी ९ देखि १३ सम्म पि–बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा एक हजार रुपैयाँ छुट पाउने भएका छन् भने प्रि–बुकिङ गर्ने र पछि खरिद गर्ने गाहकले पनि कम्पनीले घोषणा गरेको बिभिन्न आर्कषक पुरस्कारको बिजेता बन्ने अवसर पाउने व्यवस्था गरेको छ । सार्वजनिक कार्यक्रममा कम्पनीको एरिया सेल्स मेनेजर प्रकाश श्रेष्ठ, फिल मल्ट्रीटेड कन्सर्नका प्रोपाइरेटर हिमाल प्रसाई, शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: