निःशुल्क माटो परिक्षण तथा कृषि तालिम प्रदान

मेचीखवर अनलाइन । लक्ष्मीपुर
सहारा नेपाल (साकोस) लक्ष्मीपुर सेवा केन्द्र, कनकाई नगरपालिका–८ को कार्यालय तथा छहारी नेपाल कृषि सहकारीको संयुक्त आयोजनामा निःशुल्क माटो परिक्षण तथा कृषि तालिम भएको छ ।

ग्रीन विथ मिन टाइम कृषि सामाग्री उद्योग भरतपुर–३ चितवनको प्राविधिक सहयोगमा विहिवार लक्ष्मीपुरमा निःशुल्क ५० जना कृषकलाई तालिम दिइएको थियो ।

छहारी कृषि सहकारीका अध्यक्ष युवराज चुडालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहारा नेपाल लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले स्वागत गरेका थिए । कार्यक्रममा अग्रज कृषक तेजकुमार गिरी, कार्यक्रमका प्रमुख अतिथ कनपा–८ का अध्यक्ष प्रेमबहादुर कटुवाल, वडा परिषद सदस्य इन्द्र राईलगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण ग्रीन विथ मिन टाइम कृषि सामाग्री उद्योग भरतपुर–३ चितवनका मेनेजर प्रदीपराज विष्टले गरेका थिए । कार्यक्रममा कृषकलाई मलविउ छर्ने प्राविधि, अर्गानिक मल कृषि क्रान्तिसमेत दिइएको थियो । माटोमा विभिन्न रासायनिक मल प्रयोग, क्षरिय र आम्लयिपनको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा कार्यक्रमको सञ्चालन छहारी सहकारीका व्यवस्थापक युवराज रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: