सिम्रीक सहकारीको बाख्रा तथा मोैरी पालन सम्बन्धि ३ दिने सिपमुलक तालिम

मेचीखवर अनलाइन । बिर्तामोड
झापा बिर्तामोड–४ को सिम्रीक बचत तथा ऋण सहकारी संस्था शिक्षा उपसमितिले दोस्रो बार्षिक कार्यक्रम अन्र्तगत ३ दिने तालिम आयोजना गरेको छ ।

संस्थाले कृषि व्यवसाय प्रर्वधन तथा व्यवसायिक बनाउने उदेश्यले उन्नत जातका बाख्रा तथा व्यसायिक मोैरी पालन सम्बन्धि ३ दिने सिपमुलक तालिम आयोजना गरेको हो । तालिमको उद्घाटन शनिवार संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुवास भट्टराईले गरेका थिए ।

कार्यक्रमको औचित्य तथा उदेश्यमाथि प्रकाश संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेतले पारेका थिए ।
संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान विष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा उपसमिति सदस्य मदन रिजालले गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार समिति संयोजक हरिप्रसाद कडरिया, विज्ञ घनश्याम न्यौपाने, खेमराज ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उन्नत जातका बाख्रा सम्बन्धि सहजीकरण प्रगति वयर बाख्रा पालन फर्मका सञ्चालक गणेश पराजुलीले गरेका थिए भने ७० वढि संस्थाका सदस्यको सहभागिता रहेको संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्: