कोचवुड फोटो कन्टेस् २०२१ का विजेतालाई पुरस्कार

मेचीखवर अनलाइन । बिर्तामोड
कोचवुड प्रोढक्शनको आयोजनामा कोचवुड फोटो कन्टेस् २०२१ का विजेतालाई पुरस्कार वितरण गरिएको छ ।सिरुवा पर्वको अवसरमा कोचवुड फोटो कन्टेस् सिजन–३ का विजेतालाई पुरसकार वितरण गरिएको हो ।

विजेता पुरुषतर्फ जय राजवंशी, महिलातर्फ निशा राजवंशी, त्यस्तै कोचवुड गट्टयालेन्टको दोस्रो विजेता भावना राजवंशीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । पुरस्कारको सौजन्य नमस्ते ट्रेलरिङ हाउस कनकाई–९ विशाल बजारका सञ्चालक वैजन्त राजवंशीले गरेका थिए ।


कोचवुड प्रोडक्शनका सञ्चालक टेकबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी धर्म संस्कार समिति झापा अध्यक्ष लखन राजवंशी, शिक्षक कुवेर राजवंशी, वडा सदस्य तथा कलाकार पूर्ण राजवंशी, चलचित्र भाई भाईका निर्देशक पूर्ण राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन ह्दय राजवंशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: