गायिका तारा दुलालको दोस्रो गीत दर्शक माझ

मेचीखवर अनलाइन । बिर्तामोड
झापा बिर्तामोड–४ घर भएकी नवोदित गायिका तारा दुलालले युट्व मार्फत आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छिन् । गायिका दुलालको दोस्रो गीतका रुपमा ‘ तिमी भन्दा तिम्रो याद प्यारो लाग्छ’ वोलको गीत सार्वजनिक भएको हो ।

गीतको शव्द तथा संगीत ध्रुव आचार्यको रहेको छ । गीतको एरेन्ज निराजन खतिवडा, क्यामेरा तथा सम्पादन आरोप तामाङले गरेका छन् । गीतको रेकडिङ सरगम स्टुडियोमा गरिएको हो ।

गायिका दुलालले यसअघि गायक कृष्णभक्त राईसँग ‘चिमाल फूल्यो’ वोलको गीत गाइसकेकी छिन् । गायिका दुलालले जनवादी र राष्ट्रिय गीत चाँडै दर्शक माझ ल्याउने बताइन् ।

भिडियोसहित

प्रतिक्रिया दिनुहोस्: