शिखर साकोसको लक्ष्य ९ महिनामै पूरा

मेचीखवर अनलाइन । बिर्तामोड
शिखर साकोसले तेस्रो त्रैमासिक समिक्षा गोष्ठी तथा उत्प्रेरणा कार्यक्रम सोमबार सम्पन्न गरेको छ । संस्थाले लिएको बार्षिक लक्ष्य नौ महिनामा नै पुरा गरेको छ । ६० कारोड बचतको लक्ष्य लिइएकोमा चैत्र मसान्तसम्म ६५ करोड पुगेको संस्थाले जनाएको छ । संस्थाको सेयर पूँजी ५ करोड २५ लाख रहेकोमा ५ करोड १६ लाख पुगेको छ । त्यसैगरी सदस्य ७ हजार २ सय १ लक्ष्य रहेकोमा हालसम्म सदस्य संख्या ७ हजार ६ सय ४६ जना पुर्याउन सफल भएको छ । ऋण लगानी भने लक्ष्यको ९२ प्रतिशत मात्र रहेको छ ।

सेवामा उत्कृष्ठ सहकारी बन्ने लक्ष्य लिएको यस संस्थाले कोभिडको अवस्थामा पनि उल्लेख्य सफलता हासिल गर्न सफल भएको छ । हरेक सुचकहरु लक्ष्यभन्दा बढी भएकोमा कर्मचारीलाई संस्थाले धन्यवाद दिएको छ । कोभिडले बजार बन्द रहनु, डर र त्रासको बीचमा पनि सदस्यहरुको घर–घरमा गएर सदस्यहरुलाई सेवा दिन कर्मचारी खटेकोमा संचालक समितीले खुसी व्यक्त गरेको छ ।

कर्मचारीको मेहनतले नै संस्थालाई सफलता प्राप्त भएको संस्थाका संचालक किरण पौडेलले बताए । सदस्यहरुलाई सेवा दिनमा कुनै कसर नछोड्ने बताए । आजको शिखर साकोसको पहिचान नै सेवा रहेको उनको भनाई छ । संस्थाले लकडाउनको समयमा आफ्नो भवन समेत खरिद गर्न सफल भएको छ । संस्थालाई अझ सवल, सझम र भरोषाको केन्द्र बनाएर सदस्यहरुको बीचमा पुर्याउन जरुर हरेको ठहर गर्दै आफ्नो कार्य क्षेत्र भित्र सेवामा उत्कृष्ठ रहन समितीले सुझाव दिएको छ ।

उत्प्रेरणा कार्यक्रमको सहजिकरण योगेन्द्र पौडेलले गरेका थिए भने संस्थाका अध्यक्ष दीपेन्द्र राउतले संस्थाको भावी योजना तथा हालसम्मको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको वृद्धि विकासमा कर्मचारीको अथक मेहनत र समितिको साथ सहयोग नै संस्थाको सफलता रहेको उनले बताए ।

गरामनी, राजगढ र बिर्तामोड तीन सेवा केन्द्रबाट संस्थाले सेवादिई रहेको छ । आफ्नो कार्य क्षेत्रमा यस संस्थालाई अब्बल र उत्कृष्ठ सहकारी बनाउन आफ्नो पुर्ण योगदान रहने सेवाकेन्द्र प्रमुखहरुको धारणा रहेको छ । तीन सेवा केन्द्रमा ३३ जना कर्मचारीबाट सेवा दिँदै आएको यस संस्था जिल्लामा नै पहिलो प्रविधी मैत्री संस्था रहेको छ । संस्थाले प्रदान गरेको शिखर एम बैंक सेवा हालसम्म १३ सय सदस्यहरुले उपयोग गर्दै आएका छन् । क्युआर कोड, कार्डलेस एटिम सेवा समेत सुरु गरेको संस्थाले प्रविधिमा आफुलाई अपडेट राखेको छ । कर्मचारीको क्षमता अभिवृद्धि गराउँदै संस्थालाई दिगो र सक्षम बनाउनु संस्थाको उदेश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: