७० प्रतिशत पत्रकार कोराना महामारीका कारण प्रभावित

मेचीखवर अनलाइन । बिर्तामोड
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ ।

महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार हरिबहादुर थापाले गरेका थिए ।
कार्यक्रममा झापासहित मोरङ र यूएई शाखाबाट ५१ जना पत्रकारको सहभागिता थियो । कार्यक्रमका सहजकर्ता खोज पत्रकारितामा लामो समयदेखि क्रियाशील थापाले अहिले भ्रामक समाचारको खेतीले नेपाली मिडियाको विश्वसनियतामाथि चुनौति थपिएको बताउँदै ती चुनौतिको सामना गरेर विश्वसनियता कायम राख्न अग्रसर हुनु पर्ने बताए ।

कोरोना महामारीको पहिलो पीडित पत्रकारहरु भइरहेको र ७० प्रतिशत पत्रकार कोरानाका कारण कुनै न कुनै रुपमा प्रभावित भएको बताउँदै उनले महामारीको समयमा प्रविधिको प्रयोग गरेर सुरक्षित रुपमा खोज पत्रकारिता गर्न सुझाए ।

यसअघि आफैले लेखेका समाचारलाई एकपटक खोतल्ने र फ्लोअप गर्ने हो भने पनि पत्रकारले समाचार लेख्न भ्याईनभ्याई हुने उनको भनाइ थियो । उनले फ्लोअप पत्रकारितामा पनि जोड दिए । महामारीको समयमा स्थानीय सरकारमार्फत उपचार, क्वारेन्टाइन निर्माण, टेन्डर आव्हान लगायतका शीर्षकमा हुने खर्च पारदर्शी बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

स्थानीय सरकारलाई सुशासनतर्फ अघि डोहो¥याउन त्यहाँका विकृतिको भण्डाफोर र राम्रा कामको ‘खोज स्टोरी’ आवश्यक रहेको बताउँदै उनले त्यसतर्फ पत्रकारले ध्यानदिनुपर्ने बताए ।  नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछानेसहित पत्रकारका विभिन्न संगठनका नेता, पत्रकारका विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले अतिथिको रुपमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्: