जनताको दुःखमा साथ दिदै माओवादी

मेचीखवर अनलाइन । बिर्तामोड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड–४ नम्वर कमिटिले विपन्न परिवारलाई राहत तथा खाद्यन्न वितरण गरेको छ ।
कमिटिले कोरोना महामारीका कारण भएको निषेधाज्ञले विपन्न परिवारलाई दैनिक छाक टार्न समेत समस्या भएको भन्दै राहत तथा खाद्यन्न वितरण गरेको हो ।

पार्टीले १५ बिपन्न परिवारका ७५ जनालाई १५ किलो चामाल र १ किलो दालका दरले राहत वितरण गरेको हो । राहत वितरण कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।

कार्यक्रममा जिल्ला कार्यालय सदस्य कुवेर श्रेष्ठ (अरुण), जिल्ला नेता बासु दुलाल, बिर्तामोड नगर कमिटीका सचिव मोहन लिम्बुलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: