काठमाडौंमा जेठ ३१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय

मेचीखवर अनलाइन । काठमाडौं
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय भएको छ । भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो।

जेठ १४ गतेबाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

जिप्रका काठमाडौंले जनाए अनुसार किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक पसल बिहान ९ बजेसम्म खुल्नेछन्। यसैगरी रातको समयमा निर्माण सामाग्री ओसार्ने गरी विकास निर्माणको काम खुल्ला गर्ने निर्णय गरेको छ भने अन्य प्रावधान यसअघिकै निरन्तरता दिइने निर्णय भएको छ ।

४ औं पटक जेठ १४ गतेबाट थप गरिएको कडा निषेधाज्ञालाई लिएर जनस्तरबाट विरोध भएपछि बुधबारको बैठकले निषेधाज्ञा केहीमात्रामा खुकुलो बनाउने निर्णय भएको हो । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: