कोरोना संक्रमित भन्‍दा निको हुनेको संख्या वढ्यो

मेचीखवर अनलाइन । काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ एन्टिजेन परीक्षणमा १ हजार १ सय २ गरी कुल १७ हजार ९ सय ३ परीक्षणमा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ६ हजार ९ सय ५१ जना निको भएका छन् । २४ घण्टामा ९२ जनाले ज्यान गुमाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: