प्रचण्ड र माधव नेपाल देउवासँग छलफल गर्दै

मेचीखवर अनलाइन । काठमाडौ
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुढानीलकण्ठमा भेटवार्ता भइरहेको छ ।

देउवा निवास बुढानीलकण्ठमा छलफल गर्न प्रचण्ड र माधव नेपाल एउटै गाडीमा बुढानीलकण्ठ पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद्‌ विस्तार, प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र शर्मा ओलीले गरेको ६ बुँदे आह्वानबारे छलफल हुने माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आज बिहान पनि प्रचण्ड, देउवाबीच छलफल भएको थियो । प्रचण्डले आजै बिहान नेता नेपालसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: