माओवादी आन्दोलनलाई समेटिएको जनवादी गीत चाँडै दर्शक माझ

मेचीखवर अनलाइन । झापा
समग्र माओवादी आन्दोलनमा भएका कमि कमजोरीलाई समेटेर तयार पारिएको माओवादी जनवादी गीत चाँडै दर्शकमा आउँदैछ ।
‘नभूल साथी नभूल स्वाभिमानको लडाई नभूल, घाइते, अपाङ्ग, वेपत्ता सहिदको रगत नभूल’ बोलको गीत चाँडै तारा दुलालको युट्व मार्फत सार्जजनिक गरिने वासु दुलाले जानकारी दिए ।

गीतकार बासु दुलाको प्रस्तुती तथा शब्द रहेको गीतलाई संगीतकार तथा गायक कृष्णभक्त राई र गायिका तारा दुलालले स्वर दिएका छन् ।

समग्र माओबादी आन्दोलनमा भएको कमिकजोरी भए जनतासँग क्षमा माग्ने, माओवादी आदोलनको उपलब्धी के के हुन् ? पार्टीको आगामी बाटो के हुने लगायतलाई गितमा बिबेचना गरिएको छ । गित हेर्न तथा सुन्नका लागि तारा दुलाल युबट्युब च्यानल सब्स्क्राइब गर्न समेत गायिका दुलालले दर्शकलाई अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: