वैदेशिक रोजगारीमा जाने कामदार घट्दा पनि रेमिट्यान्स वढ्यो ……..?

मेचीखवर अनलाइन । काठमाडौं
महिनौदेखिको निषेधाज्ञका कारण वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या निरन्तररुपमा घटिरहेको । रोजगारीमा रहेका कामदारहरुले पनि कोभडिका कारण पूर्ण समय र ओभरटाइम काम पाउन सकिरहेका छैनन् ।

तर नेपाल भित्रिने रेमिट्यान्स भने निरन्तररुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ भित्रिएको छ । रेमिट्यान्सको यो परिणाम अघिल्लो वर्षको नौ महिनाको अवधिमा १९.२ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत, व्यक्तिगत–नयाँ र वैधानिकीकरणको अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने ६०.३ प्रतिशतले घटेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आर्थिक वर्ष २०७५÷०७६ मा विदेश जाने २४.६ प्रतिशतले घटेको थियो । सो वर्ष नेपाल आउने रेमिट्यान्स ६.३ प्रतिशतले घटेको थियो । नेपाली कामदारहरको प्रमुख रोजगार गन्तव्य मलेसिया भने विगत दुई वर्षभन्दा बढी समयदेखि बन्द रहेको छ ।

वैदेशिक रोजगारमा जाने कामदारको संख्या निरन्तररुपमा घटेको अवस्थामा रेमिट्यान्स रकम बढ्नुका पछाडि सरकारीस्तरबाट अध्ययन भएको छैन । कतिपयले रेमिट सेवा प्रदायक र अर्थशास्त्रीहरुले हुण्डी, संस्थागत र व्यक्तिगत यात्रुमार्फत हुने सुन तस्करी रोकिएका कारण रेमिट्यान्सको परिमाण बढेको आँकलन गरेका छन् ।

तर कतिपयले नेपालमा भएको भ्रष्टाचार गरेको ठूलो रकम हुण्डी मार्फत विदेश गएको र उक्त रकम रेमिट्यान्स मार्फत् नेपाल भित्रिएको कारण प्रतिकुल अवस्थामा पनि रेमिट्यान्स नघटेको देखिएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: