टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण बिर्तामोडमा सार्वजनिक

मेचीखवर अनलाइन । बिर्तामोड
टिभीएस मोटर कम्पनीको मार्भल्स अभेन्जर्सबाट पे्ररित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण झापाको बिर्तामोडमा सार्वजनिक भएको छ ।टिभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्वा मोटर्स प्रालिले बजारमा ल्याएको दुई पाङग्रे सुपरस्क्वाड संस्करण बुधवार बिर्तामोडको लागि आधिकारिक विक्रेता पाथिभरा अटो लिङ्कले सार्वजनिक गरेकोे हो ।

बिर्तामोड उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष नैनकला भट्टराई र पाथिभरा अटो लिङ्कका सञ्चालक याम कार्कीले उक्त स्कुटरको सार्वजनिक गरेका हुन् । कार्यक्रममा जगदम्वा मोटर्स प्रालिका रिजनल सेल्स अफिसर तिर्थ रिजालले कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यावसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको बताए । उक्त स्कुटर आइकोनिक मार्भल सुपर हिरोद्धारा पे्ररित नेपालको पहिलो ब्लुटुठ कनेक्ट स्कूटर भएको र युवा पुस्ताको रोजाईमा पर्ने बताए ।


सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आकर्षण रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लूमा उपलब्ध भएको उनले बताए ।

टिभीएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका कार्यकारी उपाध्यक्ष आर दिलीपले टिभीएस एनटर्क १२५ले नेपालमा सार्वजनिक भएदेखि नै आफ्ना ेबेजोड स्टाइल, उत्कृष्ट रेसिंग प्रेरित पर्फमेन्श र अन्य स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजी भएकाले नयाँ जेनेरेसनका ग्राहकहरुको रोजाई भन्नेमा दुईमत नभएको बताए ।

त्यस्तै जेएमपीएलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभीएस एनटर्क १२५ नेपालको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बिक्री र रुचाईएको स्कूटर भएको बताउँदै नयाँ टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण जेन जेडको लोकप्रिय टिभीएस एनटर्क १२५को लागि “वाहुफ्याक्टर” सिर्जना गर्ने उद्देश्य राखेको बताए । उक्त स्कुटरको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ रहेको सञ्चालक कार्कीले बताए । पाथिभरा अटो लिङ्कका सञ्चालकहरु सजेश शिवाकोटी, विपिन बस्नेत र याम कार्की रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: