गायिका तारा दुलालको नयाँ आधुनिक भिडियो गीत सार्वजनिक

मेचीखवर अनलाइन । झापा
गायिका तारा दुलालको नयाँ आधुनिक ‘तिम्रो दिन र मेरो दिनै फरक छ’ वोलको भिडियो गीत सार्वजनिक भएको छ । शब्द तथा संगीत कृष्णभक्त राईको रहेको गीत विहिवार युट्युव मार्फत सार्वजनिक भएको हो ।

क्यामेरा तथा इडिट तिलक रिजाल, मिक्सिङ निरज खतिवडाले गरेको गीत सरगम रेकर्ड स्टुडियो बिर्तामोडले रेकडिङ गरेको हो । एकपछि अर्को गीत दिदै दर्शकको मन जित्न सफल गायिका दुलालको गीत तारा दुलाल सिङ्गर युट्यव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: