नायिका जेनी कुँवरले गरिन् आत्महत्या

मेचीखवर अनलाइन । काठमाडौं
नायिका तथा निर्मात्री जेनी कुँवरले काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, जेनीको शव उनी बस्दै आएको अपार्टमेन्टमा भेटिएको छ ।

प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ ।  प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट समेत भेटिएको छ ।

जेनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् भने उनी, विगत केही समयदेखि पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् । केही समय अगाडि उनको पशुपति परिसरमा नै लफडा समेत भएको थियो ।

कुँवरले ‘घायल’ र ‘हलचाल’ नामक चलचित्र निर्माण गरेकी थिइन् भने ‘मैदान’, ‘बज्रपात’ लगायत आधा दर्जन चलचित्र तथा टेलिसिरियलमा पनि अभिनय गरेकी थिइन् । प्रहरीले यतिबेला अपार्टमेन्ट पुगेर घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: