झापाका एमाले नेता प्रसाईको दुर्घटनामा मृत्यु

मेचीखवर अनलाइन । बिर्तामोड

बिर्तामोड नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष ज्ञानु राम प्रसाईको सवारी दुर्घटना परी मृत्यु भएको छ । उनको केहिवेर अघि चारआली–चन्द्रगढी सडक खण्डमा आफैले चलाएको कार अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका ५ घर भएका प्रसाई बा १च प ८१८२ नम्बरको कार आफै चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा विपी स्तम्भमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना परेर गम्भिर घाइते भएका प्रसाईको मेची अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्: