विपक्षी गठबन्धनको बैठक सुरु

मेचीखवर अनलाइन । काठमाडौं

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशसँगै विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा सोमवार बैठक चलिरेको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रहेको छन् ।

त्यसैगरी जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषदका अध्यक्ष डा।बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस नेता कृष्ण सिटौला लगायतको उपस्थिति जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: