दुर्घटनामा वडा सदस्यको मृत्यु

मेचीखवर अनलाइन । ईलाम

इलाम माङसेबुङ गाँउपालिका–४ मार्चेबुङ बस्ने ३६ बर्षीय धनबहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो दिउसो ४ बजे मार्चेबुङ वडा नम्बर–४ का वडा सदस्यसमेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घरतर्फ आउदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुँदा उनी गम्भीर घाईते भएका थिए ।

टाउकोमा चोट लागी गम्भीर घाईते भएका वडा सदस्य राईको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: