फरार प्रतिवादी पक्राउ

मेचीखवर अनलाइन । बिराटनगर
बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनी नगरपालिका–८ का ३३ बर्षीय दिवसकुमार चौधरी रहेका छन् ।

बैकिङ कसुर मुद्धामा जिल्ला अदालत सुनसरीको २०७७÷१०÷२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट गएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

यसैगरी कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत चितवनको २०७७÷१०÷१२ गतेको फैसलाले १६ बर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार रहेका बुढानिलकण्ठ–४ काठमाण्डौका १९ बर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले सुनसरीको तरहराबाट पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सम्बन्धीत जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: