मेची बहुउदेश्यीय सहकारी संस्थाको सेवा बिर्तामोडमा

मेचीखवर अनलाइन । बिर्तामोड
मेची बहुउदेश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा केन्द्र विस्तार गरेको छ । झापाको दमक–६ मा प्रधान कार्यालय रहेको संस्थाले बिर्तामोडमा सातौं सेवा केन्द्रको रुपमा सेवा विस्तार गरेको हो ।

बिर्तामोड सेवा केन्द्रमा सोमवार पत्रकार भेटघाट गरी सेवा केन्द्र स्थापना गरिएको जानकारी दिइएको हो । बिर्तामोड सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाको गतिविधि बारे जानकारी गराएका थिए ।

२०५४ साल भदौ १२ गते स्थापना भएको संस्थाको सदस्य ९ हजार ४ सय ७६ जना रहेका छन् । त्यस्तै संस्थाको शेयरपुँजी ३१ करोड १४ लाख २ हजार ६ सय रुपैयाँ, कर्जा निक्षेप १ अर्व ९३ करोड ४१ लाख ७ हजार ७ सय ८० रुपैयाँ २८ पैसा, कर्जा लगानी २ अर्व ५० करोड २९ लाख ६४ हजार ५ सय २८ रुपैयाँ ५८ पैसा र नाफा ० करोड ५ लाख २२ हजार २ सय ९५ रुपैयाँ ६९ पैसा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

संस्थाका अध्यक्ष भट्टराईले हालसम्म सहकारी शेयर सदस्यहरुलाई दिइने ३० वटा सेवासुबिधा र ५ वटा शैक्षिक कार्यक्रमका वारेमा जानकारी गराएका थिए । सोही कार्यक्रममा पत्रकार माधव बिद्रोहीलाई सहकारीको शेयर सदस्यताको प्रमाणपत्र वितरण गरिएको संस्थाका बिर्तामोड सेवा केन्द्रका सञ्चालक गणश पोखरेलले जानकारी दिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: