संगीता शिवाकोटीको तीज गीत ‘मै घुमें फनफनी’ बजारमा

मेचीखवर अनलाइन । झापा
महिलाहरुको महान पर्व तीज नजिकिएसँगै तीज गीत पनि सार्वजनिक हुने क्रम वढेको छ । यसै क्रममा गायिका संगीता शिवाकोटीले
‘‘मै घुमें फनफनी’ बोलको तीज गीत बजामामा ल्याएकी छिन् ।

गायिका शिवाकोटीको प्रस्तुती रहेको गीतमा तिलक बस्नेतको शब्द, संगीत र स्वर समेत रहेको छ । सुदीप सागरको एरेन्ज रहेको गीतको म्युजिक भिडियो समेत निर्माण गरिएको छ । शिव बिकको निर्देशन रहेको गीतमा आकाश श्रेष्ठ र बर्षा शिवाकोटीले अभिनय गरेका छन् ।

गायिका शिवाकोटीले एक दर्जनवढी अन्य गीत तथा ‘कभर सङ्ग’ गाई सकेकी छिन् भने चाँडै दर्शकमाझ सार्वजनिक गर्ने बताइएको छ ।

भिडियो पनि

प्रतिक्रिया दिनुहोस्: