ब्राउन सुगरसहित २ जना पक्राउ

मेचीखवर अनलाइन । उदयपुर

उदयपुर त्रियुगा नगरपालिका –३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका छन् ।

हिजो दिउसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: