खुकुरी प्रहार गरी हत्या

मेचीखवर अनलाइन । उदयपुर

उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले एक बृद्धलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

हिजो बिहान सभा ५ बजे हत्या भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले खुकुरी सहित सदालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सदा चौधरीको घरमा काम गर्ने गरेको र सामान्य बिबादको कारण चौधरीको घरमानै खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: