‘सहारा नेपाल साकोसले ठूलो गुन लगायो’

मेचीखवर अनलाइन । दानावारी
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दानावारी सेवा केन्द्र मार्फत विमा वापतको ४ लाख १३ हजार २ सय रुपैयाँ प्रदान गरेको छ ।
दानावारी सेवा केन्द्रद्धारा सञ्चालित ईलाम नगरपालिका–११ को अन्जली सहारा महीला समूहकी सदस्य जसमाया तामाङलाई विमा वापतको रकम विहिवार हस्तान्तरण गरिएको हो ।

तामाङ लाई उनका छोरा नरवहादुर तामाङको जिप दुर्घटनामा निधन भएपछि जीवन विमा बापतको रकम वितरण गरेको
सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए । उक्त रकमवापतको चेक कार्यक्रमका प्रमुख अतिथि तथा ईलाम नपा ११ का अध्यक्ष रविन एक्तेन र वडा सदस्य भेषराज आचार्यले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी एक्तेनले चेक हस्तान्तरण गर्दै विमा अत्यन्त राम्रो रहेको र पिडीत परीवारलाई सहारा ले ठुलो राहात मिलेको बताए । उनले अन्य सदस्यलाई समेत सहाराको विमा कार्यकममा सहभागी हुन तथा संस्थावाट लिएको ऋणको सहि सदुपयोग गर्न आग्रह गरे ।
परीवारका तर्फवाट मृतक नरवहादुरका पिता श्रीमान तामाङले सहारा साँच्चै आफ्ना लागि साहारा भएको बताउँदै कमाउने र गर्ने छोरो गुमाउनु पर्दाको पिडाको समयमा सहाराले विमा बापतको रकम उपलब्ध गराएर ठुलो गुन लगाएको बताए ।

संस्थाको गतिविधिका वारेमा सेवा केन्द्र प्रमुख तिम्सिनाले स्पष्ट पारेको कार्यक्रमको सञ्चालन सेवा केन्द्र कर्मचारी सपनकुमार भटराईले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्: