अमेरिकन र भारतीय नोटसहित २ जना भारतीय नागरिक पक्राउ

मेचीखवर अनलाइन । मोरङ

मोरङको बिराटनगर महानगरपालिका –१७ मटेरुवा चोकबाट प्रहरी कार्यालय मोरङको टोलीले भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनौउ का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् ।

हिजो दिउसो १ बजे भारतबाट नेपालतर्फ आउदै गरेका उनीहरुको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ वटा, २० को ५ वटा ,१० को १ वटा र १ को ४ थान सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: