सामान सार्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

मेचीखवर अनलाइन । संखुवासभा

संखुवासभा सिलिचोङ गाऊपालिका १ केवाडाँडा बस्ने २१ बर्षीय दिनेश राई स्वास्थ्य चौकीको समान सार्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।

हिजो दिउसो साढे २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्ये चौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी आउदै गर्दा बाटो साधुरो भएको कारण आफै सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको थियो ।

घटना स्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोली थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: