व्यवसायीलाई खोप दिन बिर्तामोड उद्योग वाणिज्य संघको माग

मेचीखवर अनलाइन । बिर्तामोड
बिर्तामोड उद्योग वाणिज्य संघले उद्योगी व्यवसायी तथा आवद्ध श्रमिक कर्मचारीलाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।

संघको तर्फबाट अध्यक्ष प्रकाश शिवाकोटीले बिर्तामोड नगरपालिकालाई खोप उपलब्ध गराउन मागसहित ध्यानाकर्षण गराएका छन् ।
गत जेठ ३१ गते नै संघले खोपका लागि सरोकारवाला निकायसँग माग गर्दै ध्यानाकर्षण गराए पनि हालसम्म सुनुवाई नभएको शिवाकोटीको गुनासो छ ।

मंगलवार पुनः संघले बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएको हो । यसअघि नै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समिति र १ नं. प्रदेश समितिलाई समेत बिर्तामोड उद्योग वाणिज्य संघले खोप उपलब्धतताका लागि पहल गरिदिन ध्यानाकर्षण गराएको थियो । ‘संघले सरोकारवालाहरुलाई पटक–पटक खोप माग गरेर ध्यानाकर्षण गराइरहेको छ’– अध्यक्ष शिवाकोटीले भने– ‘अबको विकल्प लकडाउन होइन, कोरोनाबाट बच्न सबैलाई खोप उपलब्ध गराउनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्: