सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी शर्मालाई दिने

मेचीखवर अनलाइन । काठमाडौं
सरकारले नेपाली सेनाका बलाधिकृहात रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय सरकारले गरेको छ ।​

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई साउन २५ देखि लागू हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।

अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्: