विराट–अर्जुनको स्थापना दिवसमा सहयोग

मेचीखवर अनलाइन । बिर्तामोड
विराट अर्जुन उपभोक्ता सहकारी सस्था बिर्तामोड–४ को १२औ स्थापना दिवस मनाइएको छ । संस्थाले अर्जुनधारा –६ मा रहेको अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका वालबालिकाहरुलाई खाधन्न र शैक्षिक सामाग्री प्रदान गरेर स्थापना दिवस मनाएको हो ।

सस्थाका अध्यक्ष नवीन खरेलको अध्यक्ष्तामा तथा अर्जुनधारा–६ ६ का वडा सद्स्य अर्जुन मेचेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका सञ्चालक कृष्ण दुलालले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिब डिल्ली प्रसाइले गरेका थिए ।

कार्यक्रममा सन्चालक समिती सदस्यहरु लेखा समिती, कर्मचारी लगायतले अपाङ्गता भएका वालबालिकाहरुलाई खाद्यान्न सामाग्री, कपि, पेन्सिल, डट्पेन साथै मास्क सेनिटाइजर बितरण गरेका थिए । कार्यक्रममा सहकारीका अध्यक्ष खरेलले सस्था उपभोक्ता मुखी रहेकोले सम्पुर्ण सदस्यको हितको निम्ति काम गर्ने बताउदै सामाजिक कार्यहरुमा सधै अग्रसर रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: