३ हजार ३६५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

मेचीखवर अनलाइन । काठमाडौं

पछिल्लो २४ घण्टामा थप १२ हजार दुई सय ४२ जनामा कोरोना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको जनाएको छ।

त्यसैगरी बिहीबार एक हजार तीन सय ७३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकाभित्र ८ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा पाँच सय ९७, भक्तपुरमा एक सय ८ र ललितपुरभित्र एक सय ५५ जना रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्: