झापामा साउन ३२ गतेसम्म निषेधाज्ञा थप

मेचीखवर अनलाइन । झापा
झापामा कोरोना संक्रमणको दर वढेसँगै साउन ३२ गतेसम्म निषेधाज्ञ थप गरिएकोे छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी) संयोजक श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा शुक्रवार वसेको वैठकले उक्त निर्णय गरेको हो ।

डिसीसीएमसीले यसअघि १६ गते राती १२ वजेदेखि २३ गते राती १२ वजेसम्म निषेधाज्ञ जारी गरेको थियो । अति–आवश्यक सेवा बाहेक अन्य व्यवसाय, पसल, सवारीसाधन बन्द रहने डिसीसीएमसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: