झापामा तपाईँको मास्क खोई ? अभियान

मेचीखवर अनलाइन । बिर्तामोड
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड र सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोडमा आइतवार ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय र सामुदायिक प्रहरीले बिना मास्क बाटोमा हिड्ने सवारीसाधनसहित यात्रुलाई मास्क वितरण गरेका हुन् ।

उनीहरुले ‘ तपाईको माक्स खोई रु’, ‘माक्सले दिन्छ कोरोनाबाट सरक्षा’, ‘कोरोनाबाट आफुपनि बचौं र अरुलाई पनि बचाऔं’ लगायतका प्लेकार्ड लिएर मास्क वितरण गरेका थिए ।

झापामा कोरोना भाइरस संक्रमणदर वढ्दै गएकाले रोकथामका लागि एकहजार मास्क् वितरण गर्न लागिएकोे सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्: