काठमाडौंमा राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

मेचीखवर अनलाइन । काठमाडौं ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप्ने निर्णय भएको छ । मंगलबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

 

यसपटक थप गरिएको निषेधाज्ञामा भने केही परिमार्जन गरिएको छ । बैठकले थप भएको निषेधाज्ञा अवधिभर राति ८ बजेदेखि अत्यावश्क बाहेकका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको जनाइएको छ । अरू निर्णयहरू भने साबिककै भएको प्रजिअ निरौलाले बताए ।

 

यसअघि थपिएको निषेधाज्ञा बुधबार रातिदेखि सकिँदै थियो । कोरोना महामारी बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस्: