प्रसुती तथा अवसान राहत वितरण

मेचीखवर अनलाइन । विर्तामोड
संस्थामा आवद्ध सदस्यहरुको दुःख सुखमा आफूहरु पनि संगै छौं भन्ने अनुभूति दिलाउन झापाका सहकारी संस्थाहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

सदस्य लक्षित कार्यक्रममा कोरोना संक्रमणका कारण धेरै सहकारीले त्यस्ता कार्यक्रमलाई स्थगन गरेपनि विर्तामोडस्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारीले भने निरन्तरता दिएको छ ।

सहकारी भनेकै दुःख सुखको साथी हो भन्ने अवधारणा अनुसार स्वरोजगारले कोरोना महामारीका बीचपनि स्वास्थ्य मापदण्ड पालना गर्दै सदस्यहरुको दुःखमा सहभागी हुन र सुखमा खुशी साट्ने गरेको संस्थाका सचिव मनोज भट्टराईले बताए ।

सोही अवधारणा अनुसार स्वरोजगारले विर्तामोड–५ स्थित कोमल बस्नेतलाई प्रसुती राहत प्रदान गर्न गएको सहकारीले नवजात शिशुको नाममा संस्थाको तर्फबाट बालबचत खाता खोलिदिएको छ । सहकारीले बस्नेतलाई प्रसुती राहतबापत नगद पाँचहजार रुपैयाँ प्रदान गरेको सचिव भट्टराईले जानकारी दिए ।

त्यस्तै बुबा गुमाएकी विर्तामोड–५ की सावित्रा राजवंशी र ससुरा गुमाएकी अर्जुनधारा–११ कि अम्बिका बस्नेतको परिवारलाई राहत वितरण गरेको छ । बुबा र ससुरा गुमाएका राजवंशी र बस्नेतलाई अवसान बचत कोष अन्तरगत १०÷१० जार रुपैयाँ प्रदान गरिएको हो ।
सो अवसरमा संस्थाका अध्यक्ष केशव बस्नेत, सचिव भट्टराई, लेखा संयोजक विष्णुप्रसाद आचार्य, कर्मचारी तारा थापा, अञ्जना आचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: