मेचीनगरमा युवा कप फुटबल शुरु


काँकडभिट्टा । झापाको मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ को दोस्रो संस्करण सुरु भएको छ ।
पहिलो दिन तीनवटा खेल भएका छन् । काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा सुरु प्रतियोगितामा मेचीनगर वडानम्बर ७ , वडानम्बर ११ र डाउन टाउन फुटबल क्लब रमाईलो गाउँले विजयी यात्रा सुरु गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगर कमिटिलाई २-० गोल अन्तरले पराजित गदैं वडानम्बर ७ ले वियजी यात्रा शुरु गरेको हो । प्रतियोगिताको दोस्रो खेलमा वडानम्बर ११ ले वडानम्बर १४ लाई ३—१ गोल अन्तरले पराजित गदैं दोस्रो चरणको यात्रा सुरक्षित गरेको छ ।

यसैगरी, तुर्केनी फुटबल क्लब मेचीनगर डाउन टाउन फुटबल क्लब रमाइलो गाउँसँग टाइव्रेकरमा ५—४ गोल अन्तरले पराजित गर्यो । निर्धारीत समयसम्म १-१ को बराबरी खेलका कारण निर्णयका लागि खेल टाइव्रेकरमा धकेलिएको थियो । प्रतियोगितामा नगरका १९ वटा टिमले सहभागी जनाएका छन् ।
असोज ८ गते सम्म हुने हुने प्रतियोगिताको विजेताले नगद ३० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद २० हजार रुपैयाँ, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोल कर्ता, उत्कृष्ट फरवार्ड, सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि तथा मेडल प्रदान गरीने आयोजक कमिटिका अध्यक्ष मानबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्: