सात सय २६ ब्यावसायीलाई खोप

बिर्तामोड । बिर्तामोडमा शनिवार सात सय ३६ जनालाई कोरोना किरुद्वको खोप लगाइएको छ।

वाणिज्य सङका सदस्य ब्यवसायीहरुलाई शनिवार खोप लगाइएको हो । आइतवार पनि खोप लगाइने जनाइएको छ । संघमा आवद्ध व्यवसायीलाई शनिबार भेरोसेल खोपको पहिलो मात्रा लगाइएको हो ।

संघले शनिवार र आइतवार गरेर दुई दिन खोप लगाउने बताइएको छ । वाणिज्य सङघका प्रवक्ता सञ्जिव घिमिरेले खोप पर्याप्त मात्रामा नआएकाले फ्रन्ट लाइनमा रहेर व्यवसाय संचालन गरिरहेका व्यवसायीलाई प्राथमिकता दिदै खोप लगाइएको बताए ।

व्यवसायीहरु लामो सयमदेखि खोपको माग गर्दै आएका थिए । संघमा झण्डै चार हजार व्यवसायी आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्: