स्याटरडे स्कुलको बार्षिकोत्सबमा बृक्षारोपण

बिर्तामोड । बिर्तामोडमा सञ्चालनमा रहेको स्याटरडे स्कूलले आफ्नो ५ औँ बार्षिक उत्सव मनाएको छ ।

शनिबार बिद्यालयमा बृक्षारोपण र बगैचा व्यवस्थापनको कक्षा दिदँै बार्षिक उत्सव मनाईको प्रिन्सिपल सरोज खरेलले जानकारी दिए ।
मेचीनगर ९ स्थित डीएण्डडी बायो प्लान्टेकका सञ्चालक डिल्ली उप्रेतीले कक्षाको सहजिकरण गरेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुलार्ई बातावरण संरक्षणसँगै बृक्षारोपणको महत्व बारे जानकारी गराइएको थियो । कार्यक्रममा बिद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिनुका साथै बिरुवा बितरण समेत गरिएको थियो । बालबालिकाहरुमा अतिरिक्त ज्ञान तथा शिपको आवश्यकतालाई बुझेर बिर्तामोडमा ५ बर्ष अघि बिद्यालय सञ्चालनमा आएको हो ।

बिद्यालयले नृत्य, गायन, संगित, हस्त कला, उद्घोषण लगायतका बिषयमा बिद्यार्थीहरुलाई कक्षा दिदै आएको छ । बिद्यालयबाट हाल सम्म ४ सय बिद्यार्थीले शिक्षा लिई सकेको र चाँडै मोवाईल रिपेयरिङ, व्युटिसियन, इलेक्ट्रिसियन जस्ता व्यवहारिक बिषयमा कक्षा सञ्चालन गरिने संस्थापक प्रणित पुडासैनीले जानकारी दिए । शनिबारको बालबालिकाहरुको खाली समयलाई सदुपयोग गर्दै अतिरिक्त बिषय तथा व्यवहारिक शिपमा दक्ष बनाउन बिद्यालय सञ्चालनमा आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्: