भाषणबाट गाली गलाैज नगरौं: शर्मा

             

बिर्तामोड । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शीर्ष नेताको असहिष्णु अभिब्यक्तिले युवाहरुमा राजनीतिप्रति बितृष्ण उत्पन्न हुन थालेको बताएका छन् । झापाको बिर्तामोडमा आइतबार एक कार्यक्रम आयोजना गरी नेता शर्माले शीर्ष नेतालाई गालीको राजनीति नगर्न अनुरोध गरे ।

‘अरु नेताका कुरै छोडौ, प्रवक्ता शर्माले भने–‘प्रधानमन्त्रीसमेत भइसकेका मान्छेको मुखबाट तुच्छ शब्द निस्किनु असल राजनीतिक संस्कार होइन ।’  उहाँको नाम अहिले मैले बिर्सें । तर उहाँका मुखबाट भाषणका नाममा निस्किएका गालीका शब्दले राम्रो सामाजिक सन्देश दिएको छैन ।’

‘मैले मदन भण्डारीको डिक्सनरीमा यस्ता शब्द देखेको छैन ‘दुईवटा नटबल्टु खस्किए, फर्सीका भेट्ना कुहिए, मरेर गए त श्रद्धाञ्जली भन्न हुन्थ्यो भनेर आफ्नै सहकर्मीलाई उहाँले भन्नु भएको थियो, शर्माले भने–‘यस्ता अभिब्यक्तिले आउने पुस्तामा राजनीतिप्रति बितृष्ण पैदा गर्छ ।’

शर्माले राजनीतिमा युवावर्गको आकर्षण बढाउनु पर्नेमा जोड दिए । ‘सानो बच्चालाई भविष्यमा के बन्ने भनेर सोध्यो भने डाक्टर, पाइलट, बन्ने भन्छन्, नेता बन्ने भनेर कसैले भनेको सुन्नु भएको छ ? बच्चाले पनि नेता बन्छु भन्ने किसिमको राजनीतिक संस्कार स्थापना गर्नुप¥यो । राजनीतिमा उनीहरु आकर्षित नभए भविष्यमा देशले राजनीति गर्ने मान्छे पाइदैन ।’

कार्यक्रममा शर्माले २४ बुँदे आफ्ना १४ औ महाधिवेसन लक्षित अवधारणा पत्र संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए । शर्माले २४ बुँदामा समेटेर सार्वजनिक गरेका अवधारणामा राजनीतिक जीवनलाई समाजसँग जोड्नुपर्ने तर्क अघि सारेका छन् ।

‘राजनीतिक परिवर्तनको नेतृत्व दलहरुले गरे, राजनीतिमा परिवर्तन दलहरू भित्रको परिवर्तनबाट प्रारम्भ हुन्छ । छलफलका प्रस्तावित यि बुँदासँग राजनीतिमा परिवर्तन गर्ने अन्य धेरै विषय छन्’, उनले अवधारणामा भनेका छन् ।’

प्रतिक्रिया दिनुहोस्: