मेची नदीमा महिलाकाे शव फेला

                               

झापा । झापामा नदीले बगाएर एक महिलाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ भट्टराई चाेक बस्ने ३५ बर्षिया कमला राजवंशी छन् । राजवंशीकाे शव मेची नदीले बगाएर ल्याएकाे अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएकाे छ । मेची खाेलाले शव बगाएर ल्याएकाे भन्ने सूचना पाएपछि घटनास्थलमा प्रहरी परिचालन भएकाे थियाे ।

प्रहरी टोलीले खोजी गर्ने क्रममा बिहान ८.४० बजे बगाएको स्थानबाट अन्दाजी डेढ किलोमिटर दक्षिणपट्टी भारत दार्जिलिङ अनन्तराम जोतस्थित मेची खोलाको किनार महिला मृत अवस्थामा फेला परेको र कानुनी प्रकृयाको लागि भारतीय प्रहरीसंग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाकाे बिषयमा अनुसधान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्: