नेकपा एसकाे पदाधिकारी चयन

झापा ।  नेकपा (एकीकृत समाजवादी) ले बिहीबार दिउसाे पदाधिकारी टुंगो लगाएको छ । बैठकबाट समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो ।

उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुषाल महासचिव बनेका छन् ।

उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । पाँचजना सचिवमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी, रामकुमारी झाँक्री र राजेन्द्र राई चयन भएका छन् । खतिवडा पार्टीका प्रवक्ता पनि हुन् ।

सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिने बताइएकाे छ । लामाे समयकाे छलफलपछि नेकपा एसले पदाधिकारी टुंगो लगाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्: