१७५ किलाे लागूऔषध गाँजासहित दुई पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई चेकजाँच गर्दा १७५ किलो लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रकचालक भिमफेदी गाउँपालिका–९ का मवहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका ३ का प्रशान्त कार्की रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले १७५ किलो गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रकमा फल्स बटम बनाएर गाँजा ढुवानी गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्: