सामाजिक सञ्जाल प्रयाेग गरेर रकम ठगी गर्ने भारतीय नागरिक पक्राउ

बिर्तामाेड । प्रहरीले सामाजिक सञ्जालकाे माध्यमबाट रकम ठगी गरेकाे आराेपमा एकजना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । नेपाल प्रहरीकाे अपराध अनुसधान महाशाखाले झापा प्रहरीकाे सहयाेगमा रकम ठगी गर्ने सन्दीप क्षेत्रीलाई पक्राउ गरेकाे हाे ।

उनी भारतकाे एक चचृका पाष्टर समेत हुन् । उनले ५ लाख रुपैयाँ ठगी गरेको आरोप  लागेकाे छ । भारतको सिलगुडीका क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

क्षेत्रीले संखुवासभाकी एक किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नुपर्ने भन्‍दै पोखरा र काँकडभिट्टाको बैंक खाता नम्बर दिएका थिए। ती किशोरीले पैसा जम्‍मा गरेपछि क्षेत्रीले दुवै खाताको पैसा काँकडभिट्टामा आएर लिएर गएको प्रहरीको दाबी छ ।

आफु स‌लग्न रहेकाे चर्चमा आउने महिलाकाे नाममा खाता खाेलेर क्षेत्रीले रकम पठाउन लगाउने गरेकाे पाईएकाे प्रहरीकाे भनाई छ । पक्राउ परेका उनलाई थप अनुसान्धानको लागि काठमाडौं लगिएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: