घिराैला टिप्दा लडेर मृत्यु

बिर्तामोड / झापामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका –२ सुकेडाँगीका ४२ वर्षीय राज बहादुर राई रहेका छन् ।

आइतबार दिउँसो साढे २ बजे राई घिरौला टिप्न रूखमा चढेका थिए । रुखबाट लडेर गम्भिर घाईते भएका उनलाई उपचारकाे लागि बिर्तासीटी अस्पताल लगिएकाे थियाे।

घाईते राईको बिर्तासीटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ लाने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: