झापामा बाढीकाे बबण्डर, सयाै हेक्टरकाे धानबाली सखाप

बिर्तामाेड । अविरल बर्षाका कारण झापाकाे जनजीवन अस्तब्यस्त बनेकाे छ । दुई दिनदेखि लगातार बेमाैषमी बर्षा हुँदा यहाँका किसान सबैभन्दा धेरै पीडित बनेका छन् । किसानकाे पाकेकाे धान लगातारकाे बर्षापछि पानीले डुवाएकाे छ । कतिपय स्थानमा कटानकाे क्रम शुरु भएकाे बताईएकाे छ ।

बर्षाका कारण आएकाे बाढीले झापाका सयाै परिवार घरबाट विस्थापित भएका छन् । कनकाई नदी, बिरिङ र रतुवा खोलालगायतमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका सयाै परिवार विस्थापित भएका हुन् । बाढीले सयाै हेक्टरमा लगाइएकाे धानबाली नष्ट बनाएकाे छ ।

जल तथा माैषम विज्ञान बिभागका अनुसार जिल्लाकाे ठुलाे मध्येकाे कनकाई नदीले खतराकाे बिन्दु पार गरिसकेकाे छ । कनकाईमा ४ दशमलब ३ क्युसेक पानीकाे बहाव रहेकाे छ । साे नदीकाे पानी बस्तीमा पसेपछि नदी किनाराका अधिकांश भाग जलमग्न छन  ‘कतिपय ठाउँमा टेलिफोन सम्पर्क बिच्छेद भएको छ भने विद्युत सेवा अबरुद्ध छ ।

खतराको सीमा पार गरेको कनकाई माइले गौरीगञ्ज, हुकलवारीलाई चारैतर्फवाट बाढीले घेरेका कारण मध्यरातदेखि उद्वारका लागि गरिएको प्रयास बिहानसम्म सफल हुन सकेको छैन् भने चौरीवस्ती, टप्पुलगायतका स्थानमा रहेका घरभित्र पानी पसेर स्थानीय विस्थापित भएका छन् ।

अर्जुनधारा, कचनकवल, दमक, भद्रपुर, शिव सताक्षी, गौरीगञ्जसहित झापा गाउँपालिका बाढीले प्रभावित भएका छन् । जिल्लामा बाढीका कारण हुनसक्ने जनधनकाे क्षति न्युनिकरणका लागि उद्दार कार्य शुरु गरिएकाे प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: