पत्नी र छाेरीकाे हत्या गर्ने पक्राउ

बिर्तामाेड । इलामको देउमाई नगरपालिका ५ का एक युवाले गएराती पत्नी र छोरीको हत्या गरेका छन् ।

३४ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले ३५ वर्षीया पत्नी सीता तामाङ र १५ वर्षीया छोरी दीक्षा तामाङ हत्या गरेका हुन् ।

तामाङले घरमा पालेको कुकुरको समेत हत्या गरेका छन् । घटनामा सलग्न पूर्णचन्द्रलाई प्रहरीले पक्राउ गरेको बुझिइएको छ ।

घटनाको सम्बन्धमा पूर्ण विवरण आउन बाँकी छ ।

नयाँ बुलन्दबाट

प्रतिक्रिया दिनुहोस्: