एमाले बिर्तामोडमा सुवास

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्षमा भट्टराई र  उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । गए राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी ओलीले १४० मत प्राप्त गरे ।

नगर कमिटीको उपाध्यक्षमा २१४ मत प्राप्त गर्दै पुष्पा दाहाल निर्वाचित भइन् । उनको प्रतिद्वन्दी उर्मिला विमली खरेलले १९४ मत प्राप्त गरिन् । यस्तै, सचिवमा शेखर कँडेल निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी शंकरराज ढुङ्गेलले १८६ र कँडेलले २१६ मत प्राप्त गरेका छन् । उपसचिव पदमा प्रकास लिङ्देन र मदन बुढाथोकी निर्वाचित भएका छन् । दुई जना उपसचिवका लागि ८ जना बिच निर्वाचन भएको थियो ।

यस्तै सदस्यमा गुञ्जन प्रसाई र किशोर पौडेल निर्वाचित भएका छन् । दलित सदस्यमा रोशन घतानी र सुमन त्रिखत्री निर्वाचित भएका छन् । बुधबार दिउँसो १ बजे जिल्ला पार्टी कार्यालयमा घोषणासभा एवम् शपथग्रहण कार्यक्रम गराइने अध्यक्ष मण्डलका सदस्य बद्री भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: