ब्राउन सुगरसहित राई पक्राउ

बिर्तामोड । झापा प्रहरीले लागू औषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

कनकाई नगरपालिका–७ बिरिङमा चेकजाँचका क्रममा सोही नगरपालिका–३ बस्ने सुप्रकाश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले शंका लागि चेकजाँच गर्दा राईको साथबाट ५ ग्राम ब्राउन सुगर फेला परेको जनाएको छ । प्रहरीले राईलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसंधान शुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: