झापामा हात्ती आक्रमणमा एककाे मृत्यु

बिर्तामाेड । जंगली हात्तीको आक्रमणबाट आज बिहान मेचीनगर नगरपालिका-१४ शनिबारेमा एकजनाको मृत्यु भएको छ।

बिहान साढे ६ बजे मेचीनगर–१४ शनिबारेमा टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा भद्रपुर नगरपालिका-९ का ६० वर्षीय रामबहादुर बुर्जा मगरलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाएकाे जनाइएकाे छ । बुर्जामाथि आक्रमण गरेर ज‌गली हात्ती चारआली जगलतर्फ पसेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्: