मलद्धारमा लुकाएकाे ब्राउन सुगरसहित एक पक्राउ

बिर्तामाेड । झापाकाे काँकडभिट्टामा मलद्वारमा लुकाएर ल्याउदै गर्दा १४ ग्राम ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् ।

शुक्रवार साँझ मेचीनगर ४ राईसिङस्थित प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शंका लागेर भारतबाट नेपालतर्फ आउदै गरेको डब्लु बी ७४ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको हो ।

मोटरसाइकल चालक मेचीनगर ४ बस्ने सम्बरबहादुर आलेमगरले मलद्वारमा च्यापेर लुकाई छिपाई ल्याउँदै गरेको १४ ग्राम ब्राउनसुगर बरामद भएको थियो । मगरलाई मोरसाइकलसहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्त पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: